चितवनका २ पत्रकारलाई प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति प्रशासनले माग्यो माफि

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १५ गते २१:०५
चितवनका २ पत्रकारलाई प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति प्रशासनले माग्यो माफि

लकडाउनको समाचार संकलनमा रहेका चितवनका दुई पत्रकारलाई प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति प्रशासनले माफि मागेको छ ।

लकडाउनको समय पत्रकारलाई पास आवश्यक नपर्ने र प्रेस परिचयको आधारमा समाचार संकलन गर्न दिने यसअघि भनिएपनि प्रहरीले आज विहान भरतपुरको चैबीसकोठीमा समाचार संकलनका लागि पुगेका कायाकैरन दैनिक समाचारपत्रका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारी माथि प्रहरीले दूर्व्यवहार गर्दै गिरफ्तार गरेको थियो ।

प्रेस कार्ड देखाउँदा पनि पत्रकारलाई गिरफ्तार गरिएको विषयमा चौतर्फी बिरोध पछि चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले माफी मागेका हुन् । पत्रकारमाथि भएको दूर्व्यवहारको विषयमा जानकारी माग्न पुगेका जिल्लाका पत्रकारहरुसँगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले गल्ती भएको स्वीकार गर्दै गल्ती सच्याउने बताउनुभयो । प्रहरी उपरीक्षक नान्तिराज गुरुङले घटनाको विषयमा माफी माग्दै संलग्न प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित : २०७७ वैशाख १५ गते २१:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI