आज बैशाख १६ गते मंगलबारको राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १६ गते ६:३०
आज बैशाख १६ गते मंगलबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सुचना प्रविधीको प्रयोग मार्फत काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशील तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्यनमा प्रगति हुनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईको लागी समय उत्तम रहेकोछ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्वन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसायमा घाटा लाग्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला,यात्रा कष्टकर पनि हुन सक्छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्यम रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाई लेखाईमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दी आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय र परिस्थितिले साथ नदिँदा व्यापारमा लगानि डुब्ने खतरा रहेको छ । सानो विषयमा घर परिवार तथा आफन्तसँग राय बाजिनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या पैदा भई दैनिक कामहरु गर्न सकिने छैन । भौतिकता रमाउन खोज्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

स्वअध्ययनले पढाई लेखाईमा सहपाठी हरुलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने मावली पक्षबाट सहयोग पाईनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

वौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गर्न सकिनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ ।सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला ।निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ ।

प्रकाशित : २०७७ वैशाख १६ गते ६:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI