देवचुली जेसिज र विपतमा हामी अभियानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १६ गते १८:१६
देवचुली जेसिज र विपतमा हामी अभियानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

देवचुली ।  देवचुली जेसिज र विपतमा हामी अभियानको संयुक्त आयोजनामा देवचुलीको प्रगतिनगरमा मङ्गलबार रक्तदान कार्यक्रम सप्पन्न भएको छ । देवचुली नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १ सय २ जना रक्तदाताले रक्तदान गरेका छ्न । लकडाउनको बेला रक्तदान कार्यक्रममा कमि भईरहेको र रक्तदाता पनि रक्तदान केन्द्र सम्म पुग्न नपाईरहेको वर्तमान समयमा रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक राजन अधिकाारीले बताए ।

केही समय अगाडी देवचुली जेसिज सँगको सहकार्यमा देवचुलीका विभिन्न वाडहरुमा औषधि छर्किने तथा पैदल यात्रुका लागि नि:शुल्क खाना वितरण कार्य गरेको र आगामी दिनमा पनि विपतमा हामी अभियानका तर्फ बाट लकडाउनका कारण अप्ठ्यारोमा परेकालाई रचनात्मक सहयोग गर्ने अभियानका सहसंयोजक गोपाल सापकोटाले बताए ।

नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीका सभापति होमराज रानाभाट, विपतमा हामी अभियानका सह संयोजक गोपाल सापकोटा , अभियन्ता बद्री सापकोटा देवचुली का वडा १५ का वाड अध्यक्ष हरिभक्त भट्टराई लगाएतको उपस्थितिमा सम्पन्न उदघाटन कार्यक्रममामा प्रमुख अतिथी भुसालले देवचुली जेसिस र विपतमा हामी अभियानका कामहरुको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कावासोतीको प्राविधिक सहयोग र १०३.८ ह्याप्पी एफएम, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, १५ नं वडा कार्यालय र विश्वज्योती मा वि को सहकार्य रहेको थियो ।

प्रकाशित : २०७७ वैशाख १६ गते १८:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI