No ads found for this position

देवचुलीमा जागृतिको पाँच लाख बढी सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १६ गते १८:५२
No ads found for this position
देवचुलीमा जागृतिको पाँच लाख बढी सहयोग
No ads found for this position

खगेन्द्र पराजुली/देवचुली
जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकामा सबैभन्दा धेरै राहत सहयोग गरेको छ । जागृति बाल तथा युवा सरोकार नेपालले देबचुली नगरपालिकालाई हाल सम्म ५ लाख ११ हजार बरावरको स्वास्थ्य तथा खाद्य सामग्री हस्तान्तरण गरेको हो ।
क्लवका अध्यक्ष तिलोत्तम पौडेलले आज देबचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई स्वास्थ्य सामाग्री २ लाख ११ हजार र खाद्य सामाग्री २ लाख गरी ४ लाख ११ हजार बरावरको स्वास्थ्य तथा खाद्य सामाग्री हस्तान्तरण गर्नुभयो । पुन प्रयोग गर्न मिल्ने १० सेट पिपिई, ७ थान थर्मगन, एन् ९५ मास्क १ सय थान, सर्जिकल पञ्जा ३ हजार थान, हेड क्याप १ सय थान, सर्जिकल मास्क २ हजार ४ सय थान, सहित २ लाख रुपैया बरावरको ४ हजार ३ सय ८० किलोग्राम बरावरको चामल खाद्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।  यसअघि पनि क्लवले नगरपालिकाको खाद्य बैकमा १ लाख बरावरको खाद्य सामाग्री उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अद्यावधिक तथ्याङ्कमा क्लवले ३ लाख ११ हजारको सहयोग गरेको उल्लेखित छ ।  नगरप्रमुख श्रेष्ठले प्राप्त स्वास्थ्य सामाग्री आवश्यकता अनुसार कोरोना संक्रमणको अग्रमोर्चामा देबचुली नगरपालिकामा रहेका स्वाथ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी समेतलाई तथा खाद्य सामाग्री देबचुली ६ किर्तिपुरमा बितरण गरिने प्रतिबद्धता गर्नुभएको छ ।

प्रकाशित : २०७७ वैशाख १६ गते १८:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI