प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रता माथि आक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १६ गते १९:५२
प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रता माथि आक्रमण

दाङ । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले रेडियो नेपालमा अतिथिले बोलेको विषयलाई लिएर उत्पन्न परिस्थिति प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन् ।पोख्रेलले अतिथिले बोलेको विषयलाई लिएर अन्तरवार्ताकारलाई स्पष्टीकरण सोधिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । रेडियो नेपालको सोमबार बिहानको कार्यक्रममा डा बाबुराम भट्टराईसँगको अन्तरवार्ता लिने पत्रकार डा नवराज लम्साललाई सूचना तथा प्रविधि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।‘यो प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामाथिको आक्रमण हो’, पोख्रेलले भने , ‘अतिथिलाई पहिले नै यसो भन्नुहोला, यसो नभन्नुहोला भनेर अन्तरवार्ता लिने प्रचलन संसारमा कहीं पनि नभएको र लोकतान्त्रिक समाजमा यस्तो अभ्यासलाई पूर्ण रुपमा गलत मानिने तर्क गर्दै उपाध्यक्ष पोख्रेलले सरकारलाई प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेका छन् । उनले आलोचना सुन्नै नचाहने प्रवृत्ति त्याग्न सरकारलाई सुझाएका छन् । सञ्चारमाध्यम सार्वजनिक सम्पत्ति भएको भन्दै उनले तीनलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने बताए ।
पोख्रेलले रेडियो नेपालले माफी माग्दै बक्तव्य निकाल्नुलाई झनै खतरनाक कदमको संज्ञा दिएका उपाध्यक्ष पोख्रेलले यसलाई चाकरीको पराकाष्टा भएको तर्क गरेका छन् । रेडियो नेपालको प्रशासनले रेडियो नेपालले आफ्नो विवेक र घोषित नीतिअनुसार काम गर्नसक्दैन भन्ने सन्देश दिइएको दाबी उनको छ ।

प्रकाशित : २०७७ वैशाख १६ गते १९:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI