आज बुधबार, हेर्नुहोस आजको राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १७ गते ६:५९
आज बुधबार, हेर्नुहोस आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

स्वअध्ययनले उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने काम फस्टाएर जानेछ । प्रेममा सामिप्यता बढेर जानेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

परवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ । प्रविधिको प्रयोग गरि रचनात्मक काम गर्न सकिनेछ । अध्ययनमा ध्यान दिनुहोला । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । पढाई लेखाईमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समय मध्यम रहेकोले पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । साँझपख समय राम्रो रहेकोले स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । घरमै बसेर गरिने अध्ययनले वौद्धिकताको विकास हुनेछ । साँझपख काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ । राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहनेछ । धर्म तथा अध्यात्ममा मन जानेछ भने योग तथा साधना गरि दिन व्यतित हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । साँझपख खाद्यन्नसँग सम्बन्धीत व्यापारमा वृद्धि हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यवसायमा लगानी गर्नको लागि केहि समय कुर्नुनै उत्तम हुनेछ । काम गर्दा ध्यान दिनुहोला ऋण तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ । मन परेको मानिस टाडिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । पढाई लेखाईमा मिहेनत गर्दामात्र नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिनेछ । सामाजिक काम गरी नाम कमाउन सकिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा सहपाठीहरुलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पतिपत्नीबीच विश्वास बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा आफ्नै कारणले कमजोरी गरेको भान हुनेछ । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ । भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । तरपनि मिहेनत गर्दा ईज्जत प्रतिष्ठामा वृद्धि गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । पढाई लेखाईमा राम्रो नतिजाका साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । आमा तथा अग्रजहरुको साथ सहयोगले राम्रा तथा उत्पादन मुलक कामहरु गर्न सकिनेछ । साँझपख अध्ययनमा मन जानेछ ।

प्रकाशित : २०७७ वैशाख १७ गते ६:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI