No ads found for this position

विश्वभर कोरोना- ३१ लाख ३७ हजार संक्रमित, २ लाख १७ हजार बढिको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १७ गते ७:१२
No ads found for this position
विश्वभर कोरोना- ३१ लाख ३७ हजार संक्रमित, २ लाख १७ हजार बढिको मृत्यु
No ads found for this position

विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ। वर्ल्डोमिटर्सले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार ३१ लाख ३७ हजार ७ सय ६१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि हुने देशहरुमा अमेरिका सबैभन्दा अघि छ। त्यहाँ १० लाख ३५ हजार ७ सय ६५ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै, स्पेनमा २ लाख ३२ हजार १ सय २८, इटालीमा २ लाख १ हजार ५ सय ५, फ्रान्समा १ लाख ६५ हजार ९ सय ११, बेलायतमा १ लाख ६१ हजार १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर कुल २ लाख १७ हजार ९ सय ४८ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ५९ हजार २ सय ६६ को मृत्यु भइसकेको छ।

त्यस्तै, इटालीमा २७ हजार ३ सय ५९, स्पेनमा २३ हजार ८ सय २२, फ्रान्समा २३ हजार ६ सय ६०, बेलायतमा २१ हजार ६ सय ७८ को मृत्यु भएको छ।

कोरोना संक्रमण भए पनि निको हुनेको संख्या पनि बढ्दै छ। बुधबार बिहानसम्म ९ लाख २५ हजार ७ सय ३० जना उपचारपछि निको भइसकेका छन्।

नेपालमा पनि ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।

प्रकाशित : २०७७ वैशाख १७ गते ७:१२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI