काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज साँझ सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो, १६ वैशाखमा भएको भेटवार्तापछि आज सचिवालय बैठक बस्न लागेको हो। नेकपाका नेताहरूले सचिवालय बैठक बस्नुपर्ने माग गर्दै आएका थिए ।सचिवालय बैठक हिजो नै बस्ने भनिएपनि दुई अध्यक्षबीचको भेटवार्ताका कारण बस्न सकेको थिए।
प्रकाशित : २०७७ वैशाख १७ गते ८:१५
No ads found for this position
Facebook Comment