नवलपुुुर । लकडाउनका कारण काठमाडौंमा अस्तव्यस्त दैनिकी झेलेका नवलपुरबासीलाई जिल्ला ल्याईएको छ । लकडाउन लम्बिँदै गएपछि पढ्न तथा रोजगारीका सिलसिलामा काठमाडौं बसेकाहरूलाई दैनिक जीवनयापन गर्न अप्ठ्यारो पर्दै गइरहेको अवस्था छ । लकडाउन सकिएला र केही सहज होला भनेर बसे पनि लकडाउनको अबधि बढ्दै गएपछि समस्या झन्झन् थपिन थालेकाले नवलपुरबासीले घर फर्कने चाहना गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री तथा नवलपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाको पहलमा उनीहरूलाई आइतबार र मङगलबार नवलपुर ल्याइएको हो । नेपाल विद्यार्थी संघ र तरुण दल नवलपुरको संयोजनमा आइतबार साँझ तीन वटा बसमा कुल १ सय २० जनालाई नवलपुर ल्याइएको थियो भने मङ्गलबार थप दुईवटा बसमा ८२ जनालाई ल्याईएको हो । “लकडाउनले गर्दा काठमाडौंमा डेरा गरि बस्नेलाई समस्या थपिन थालेपछि नवलपुरबासीले आफुहरूलाई उद्दार गरिदिन अनुरोध गरेका थियौं”, नेविसंघ अध्यक्ष पौडेलले भने, “यो खबर हामीले कांग्रेस महामन्त्री कोइरालालाई सुनाएपछी उहाँले नै यो सम्पूर्ण व्यवस्थापन मिलाउनु भएको हो ।” मंगलबार ल्याईएको टोलीमा नवलपुरका पहाडी भेगका ( बुलिङ्गटार र बौदिकाली )का २७ जनालाई आज घरमा पठाईएको र बाकी मंगलबार नै आफ्नो घरमा पुगेका प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस नवलपुरका सभापति विष्णु लामिछानेका स्वकिय सचीव गोविन्द लामिछानेले बताए । आफुहरुले सबै यात्रुलाई निशुल्क रुपमा यातायात व्यवस्था गरेको र लकडाउनका कारण अप्ठ्यारो परेका जिल्लाबासीलाई जुनसुकै समयमा पनि सहयोग गर्न आफुहरु तयार रहेको तरुणदल नवलपुरका सभापति सुर्य गुरुङले बताए
प्रकाशित : २०७७ वैशाख १७ गते १३:३४
No ads found for this position
Facebook Comment