No ads found for this position

संसदीय दलमा बहुमत देखाईदिने प्रधानमन्त्री ओलीको तयारी, सांसदहरुको हस्ताक्षर तयार !

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १७ गते १३:४१
No ads found for this position
No ads found for this position

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठमाडौं, १७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट हटाउने तयारी भैरहेका समाचार आईरहँदा ओली भने संसदीय दलमा आफ्नो बहुमत देखाउने कसरमा जुटेका छन् । अध्यादेश प्रकरणले ओलीमाथि आफ्नै पार्टीका अन्य नेताहरुको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन दबाब सिर्जना गरेपछि नेकपाभित्रको कलह उत्कर्षमा पुगेको छ । यो बीचमा ओलीले विवाद मिलाउनको लािग प्रयासपनि गरेका थिए । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, र प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि हालतमा ओलीको प्रस्ताव नमानेपछि विवाद झनै बढेको हो ।

नेता नेपाल समूहले ओलीलाई दुईमध्ये एक पदबाट तत्काल राजीनामा दिन अडानमात्रै राखेको छैन ढिलो गरे दुवै पदबाट हटाईदिनेसम्मको चेतावनी दिएको छ । यता, प्रधानमन्त्री ओलीले भने आफूविरुद्ध ठूलै षड्यन्त्र भएको भन्दै त्यसको डटेर सामना गर्न आफू पक्षधर सांसदहरुलाई निर्देशन दिएका छन् । संसदीय दलमा बहुमत पुर्याउनेगरि ओली पक्षीय नेताहरुको दौडधुप सुरु भएको छ । बहुमत जुटाउनको लागि ओलीले सांसद तथा पूर्वमन्त्री महेश बस्नेत, किसन श्रेष्ठ, विजय सुब्बा, नवराज सिलवाललगायतलाई खटाएका छन् । उनीहरु पछिल्लो समय बालुवाटारमै बढि समय व्यतित गरेर गृहकार्य गरिरहेका छन् ।

हिजोमात्रैपनि नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएर ओलीले अढाई घण्टा लामो छलफल गरेका थिए । उक्त छलफलमा प्रचण्डले कुनैपनि हालतमा तपाईलाई दुवै पदबाट हटाएर छोड्छु भन्ने चेतावनी दिएका थिए । तर, ओलीले हटाएर देखाउन भन्दै हरेक किसिमको चूनौतीको सामना गर्ने उल्टै चेतावनी दिएका थिए । कतिसम्म भने प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका विपक्षी दलसँग मिलेर अविश्वासको प्रस्ताव ल्याएरसमेत प्रधानमन्त्रीबाट हटाउने उद्घोष गरेका थिए ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसँग रस्साकस्सी गरेर खुमलटार निवासमा फर्किएपछि प्रचण्डलाई आफ्ना परिवारका सदस्यहरुले तत्काल पार्टी फुटाउन नहुने सल्लाह दिएको स्रोतको दाबी छ । भरतपुर महानगरकी मेयरसमेत रहेकी छोरी रेणुले पनि तत्काल पार्टी फुटाउन नहुने भन्दै अध्यक्ष दाहाललाई दबाब दिएको बुझिएको छ । पारिवारिक सल्लाहपछि दाहालले पूनः ओलीसँग फोनमै सम्पर्क गरेको र प्रधानमन्त्रीबाट नहट्ने हो भने पार्टी अध्यक्ष छोड्न आग्रह गरेका थिए । ओलीले अध्यक्ष छोड्ने हो भने आफूले आज बस्ने सचिवालयमा कुरा मिलाउला भन्ने दाहालको सन्देश थियो ।
तर, बालुवाटारमा हटाएर देखाउन चूनौति दिएका ओलीले दुवै पद छोड्दिन जे गर्नुहुन्छ गर्नुहोस भनेर दाहालसँग स्पष्ट आफ्नो अडान दोहोर्याएका थिए।

बरु, प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षको सवालमा माधव नेपाललाई पनि अध्यक्ष बनाउन सकिने विकल्प प्रस्तुत गरेका थिए । प्रचण्डले ओलीको उक्त प्रस्ताव ठाडै अस्विकार गरेका थिए । लगत्तै ओलीले महाधिवेशन नहुञ्जेलसम्म पाँच सदस्यीय अध्यक्ष मण्डल बनाउन पनि आग्रह गरेका थिए । त्यसो हुँदा ओली र दाहालसँगै बरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाललाई पनि स्पेश दिने र सँगै रामबहादुर थापा बादललाई पनि समेटौं भन्ने ओलीको प्रस्ताव थियो । र, पाँच सदस्यीय अध्यक्ष मण्डलको नेतृत्व पनि आँफैं गर्ने ओलीको भनाई थियो ।

ओलीको उक्त प्रस्तावपनि प्रचण्डले नमानेपछि ओली यतिवेला संसदीय दलमा आफ्नो बहुमतसिद्ध गर्न लागिपरेका छन् । आज साँझ ५ बजे बस्ने सचिवालय बैठकमा संसदीय दलमा बहुमत पुर्याएर हस्ताक्षरसहित देखाउने ओलीको तयारी छ । ओलीनिकट एक सांसदले भने, आज बस्ने सचिवालय बैठकमा संसदीय दलमा प्रधानमन्त्रीज्यूको पक्षमा बहुमत देखाईयो भने उहाँलाई प्रधानमन्त्रीबाट हटाउने षडयन्त्र आफैं समाप्त हुन्छ । यो विवाद यत्तिकै ढिसमिस हुन्छ ।

प्रकाशित : २०७७ वैशाख १७ गते १३:४१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI