कोरोना संक्रमित रहेका जहाजबाट आएका नवलपुरका ३ जना सहित ७ जनाको स्वाब रिपोर्ट नेगेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १७ गते १९:२०
कोरोना संक्रमित रहेका जहाजबाट आएका नवलपुरका ३ जना सहित ७ जनाको स्वाब रिपोर्ट नेगेटिभ

डोलराज रानाभाट, १७ बैशाख । साउदी अरबबाट आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना र उहाका परिवारका सदस्यहरु सहितको ७ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । हिजो उनीहरुको स्वाव संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका १ जना साउदी अरबबाट भोजपुरमा आएका संक्रमित आएका जाहाजमा आएका थिए । उनीहरु फाल्गुनको अन्त्य तिर नेपाल आई सेल्फ क्वारेन्टाइनमा बसेका थिए । तथापि सँगै जहाजमा आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना, उहाका परिवार र उदयपुरबाट आएका १ जना गरी ७ जनाको मध्यविन्दु जिल्ला असप्तालमा स्वाब संकलन गरी पोखरा पठाइएको र आज पिसिआर नतिजा आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । सवैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईका अनुसार जिल्लामा आज सात जनाको आरडिटी बाट परीक्षण गरिएको र सवैको नतिजा नेगेटिभ आएको छ ।

प्रकाशित : २०७७ वैशाख १७ गते १९:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI