No ads found for this position

यस वर्षको आर्थिक वृद्धि २.२७ प्रतिशत मात्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १७ गते २०:५६
No ads found for this position
यस वर्षको आर्थिक वृद्धि २.२७ प्रतिशत मात्र
No ads found for this position

काठमाडौं। केन्द्रीय तथ्यांक विभागले यस वर्षको आर्थिक वृद्धि २.२७ प्रतिशत मात्र हुने आँकडा सार्वजनिक गरेको छ।आज सार्वजनिक आर्थिक वर्ष २०७६/०७७ को वार्षिक लेखा तथ्यांकमा विभागले अहिलेसम्मका आर्थिक अनुभवहरूका आधारमा वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने उल्लेख गरको हो। कोभिड-१९ महामारीका कारण आर्थिक वृद्धिदर संकुचित हुने विभिन्न प्रक्षेपण सार्वजनिक भइरहेका बेला सरकारले आफ्नो अनुमान सार्वजनिक गरेको हो। “ विश्वव्यापी महामारीको असरलाई न्यून गर्नका लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरूको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने देखिन्छ”, विभागद्वारा सार्वजनिक विवरणमा उल्लेख छ। विभागले चालू आर्थिक वर्षका नौ महीना (चैत मसान्तसम्मका) आर्थिक आँकडा तथा सूचनाका आधारमा यो अनुमान तयार पारिएको जनाएको छ। विभागले महामारीमो ठूलो असर व्यहोरेका होटल, रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस आर्थिक वर्षको अन्त्यसम्म पनि अत्यधिक प्रभावित रहने उल्लेख गरेको छ। अन्य क्षेत्र भने जेठदेखि क्रमशः नियमित हुने विश्वासका आधारमा यो अनुमान गरिएको उसको भनाइ छ। आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७५/०७६ मा ६.७५ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ।त्यस्तै आर्थिक वर्ष २०७४/७५ त्यो वृद्धिदर ६.३५ प्रतिशत रहेको विभागको अनुमान छ।

पछिल्लो तीन वर्षमा कूल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्र (कृषि, वन, खानी) र सेवा क्षेत्रको योगदान केही वृद्धि भएपनि उद्योग क्षेत्रको योगदानमा भने कमी आएको विभागले उल्लेख गरेको छ।

प्रकाशित : २०७७ वैशाख १७ गते २०:५६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI