अक्सफोर्ड कलेजको प्राविधिक सहयोगमा ‘अनलाईन कक्षा सम्बन्धी तालिम’

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १७ गते २१:२७
अक्सफोर्ड कलेजको प्राविधिक सहयोगमा ‘अनलाईन कक्षा सम्बन्धी तालिम’

१७ बैसाख,चितवन । कोरोना भाइरस कोभिड १९को कारण हाल आधा विश्व लकडाउनको अवस्थामा छ । नेपाल पनि गत चैत ११ गते देखि लकडाउनमा रहेको छ । यो अवस्था कहिले सामान्य अवस्थामा जान्छ भनेर भन्न सक्ने स्थिति अहिले छैन ।

यो समयमा धेरै क्षेत्र प्रभावित भएका छन् । शैक्षिक क्षेत्रमा पनि यसको प्रभाव निकै ठूलो परेको छ । अहिले अनलाईन कक्षाको आवश्यकता र महत्व दिन प्रतिदिन बढ्दै गएको छ ।
अहिलेको अवस्थालाई मध्यनजर गर्दै प्याबस, एन प्याबसन तथा हिसान नवलपुरले अक्सफोर्ड कलेज गैडाकोटको प्राविधिक सहयोगमा गैंडाकोट नगरपालिकामा रहेका शैक्षिक संस्थालार्ई लक्षित गरी अनलाईन कक्षा सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
उक्त कार्यक्रममा गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल गंैडाकोट नगरपालिकाका विभिन्न शैक्षिक संस्थाका शिक्षक, प्राध्यापक एवम् अन्य शैक्षिक व्यक्तिहरुको सहभागीता रहेको थियो ।
आज बिहान ८ः३० बजेदेखि १०ः०० बजेसम्म चलेको उक्त कार्यक्रममा अक्सफोर्ड कलेजले करिव २ वर्ष अधिदेखि अनलाईन कक्षाको लागि प्रयोग गर्दैै आएको माइक्रोसफ्ट टिम सफ्टवेयरको प्रयोग गरी अनलाईन कक्षाको सम्भावना तथा सिमितता, गुणदोष लगायतबारेमा विश्लेषण गर्दै तालिम संचालन गरिएको थियो ।

अनौपचारीकरुपमा संचालन गरिएको कार्यक्रममा बौल्दै गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले ‘ अबको युग प्रविधीको युग भएकोले प्रविधिमैत्री हुर्दै शैक्षिक संस्था संचालन गर्नु पर्नेमा जोड दिए भयो । उहाँले सम्भब भएका ठाउँमा अनलाईनमार्फत र अनलाईनको पहुच नभएको ठाँउमा एफ एफ। रेडीयोको माध्यमबाट पढाउनु पर्नेमा जोड दिनुभयो । ’

कार्यक्रमलाई सहजीकरण गर्नु भएका प्याबसन नवलपुरका अध्यक्ष समेत रहनु भएका अक्सफोर्ड कलेजका प्रिन्सिपल ई। हरि भण्डारीले ‘अहिलेको संकटको घडीमा सरकारी वा नीजि क्षेत्र भनेर बस्नुभन्दा पनि एकअर्कासँग सहकार्य र समन्वय गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनु भयो । त्यसतै गरी अन्य सफ्टवेयर भन्दा माइक्रोसफ्ट टिममा के फरक छ भन्ने सहमभागीको जिज्ञासमा प्रिन्सिपल भण्डारीले डाटा लिकेजलगायत सबै पक्षबाट सुरक्षित, ५०० जनाभन्दा बढी प्रयोगकर्ताहरूले एकैपटक प्रयोग गर्न सक्ने, रेकर्डिङ, सर्चिङ सुविधा भएको, डाटा स्टोरेजको समस्या नरहेको, फाइल सेयर तथा स्टोर गर्न सकिने, मोबाइल, डेस्कटप, ल्यापटपमा वेबबाटै सिधै कन्फ्रन्सिङ गर्न सकिने भएकोले अन्य सफ्टवेयर भन्दा शैक्षिक संस्थाको लागि यो सफ्टवेयर प्रभावकारी रहेको समेत जानकारी दिनुभयो । कुनै पनि शैक्षिक संस्थाले प्रयोग गर्न चाहेको खण्डमा माईक्रोसफ्ट टिम सफ्टवेयर ६ महिनाको लागि निःशुल्क उपलब्ध गराउने समेत भण्डारीले प्रतिवद्वता व्यक्त गर्नु भयो ।
कार्यक्रका अन्य सहभागीले समेत कार्यक्रम अत्यन्त उपलब्धीमूलक रहेको प्रतिक्रिया दिए ।

प्रकाशित : २०७७ वैशाख १७ गते २१:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI