बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १८ गते ७:४८
बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि चर्चित बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन्।

स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको उनका दाइ रणधीर कपुरले जानकारी दिएका छन्। ६७ वर्षीय ऋषि कपुरलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको हो।

क्यान्सरबाट ग्रसित उनलाई सास फर्न समस्या देखिएपछि अस्पताल भर्ना गरिएको रणधीरले बताए। उनको अवस्था स्थिर रहेको छ।

अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए। यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

प्रकाशित : २०७७ वैशाख १८ गते ७:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI