मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना, सचेत रहन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १८ गते ९:४८
मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं  । आज (बिहीबार) देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्ले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । यसकै प्रभावले अहिले पूर्वको मौसम सामान्य बदली, मध्य क्षेत्रको मौसम आशिंक बदली तथा अरु ठाउँको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशभर मौसम सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको हो । बिहीबार राति देशभरको मौसम सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

प्रकाशित : २०७७ वैशाख १८ गते ९:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI