सफा सुन्दर हरियाली गैंडाकोट द्वारा नवलपुरका सन्चार गृहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १८ गते १४:००
सफा सुन्दर हरियाली गैंडाकोट द्वारा नवलपुरका सन्चार गृहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नवलपुर : कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि भन्दै गैडाकोटमा रहेको सुन्दर हरियाली सफा गैडाकोट संस्थाले बिहिबार नवलपुरका संचारगृहहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ नवलपुर मार्फत मास्क , सेनीटाईजर ग्लोव्स संचार गृहरुलाइ हस्तान्तरण गरिएको हो । सो अबसरमा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले संकटका बेलामा फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुलाई लक्षीत गरि स्वास्थ्य सामाग्री सहयोग गरेकोमा सस्थालाई धन्यवाद दिनुभयो । उहाँले पत्रकारहरु समाचार संकलनका लागि फिल्डमानै खटिनुपर्ने भएकाले उनीहरुमा जोखिम हुन सक्ने भन्दै यस्तो सहयोगले पत्रकारहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश सापकोटाले संकटका बेला आफुहरुले हरेक ठाउँमा सक्दो सहयोग गर्दे आएको बताउनुभयो । उहाँले पत्रकारहरु फिल्डमा खटिन पर्ने भएकाले उनिहरुलाई स्वास्थ्य सामाग्री आवश्यक ठानेर सहयोग गरेको बताउनुभयो । उहाँले संस्था मार्फत अलपत्र परेका यात्रुहरुको उद्धार , उनिहरुलाई खाजा खाना खुवाउने लगाएतका कार्य पनि सस्थाले गर्दे आएको बताउनुभयो । बिभिन्न स्थानमा रहेका विपन्न परिवारहरुलाइ समेत सस्थाले खाद्यान्न सहयोग गरेको उहाँले बताउनुभयो । सो अवसरमा कार्यक्रममा अभियानका अभियन्ताहरु मोतिचन्द्र चालिसे , श्याम वन, हरि पौडेल , सुशील काफ्ले कमल तिवारी , प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुली , प्रेस संगठन नवलपुरका सह अध्यक्ष हिमालदेव पंङ्गेनी लगाएतका नवलपुरमा रहेको बिभिन्न संचारगृहका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७७ वैशाख १८ गते १४:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI