No ads found for this position

पुरानो मेडिकल कलेजद्धारा कोरोना सुरक्षा सामाग्री प्रदान

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १८ गते २०:३६
No ads found for this position
पुरानो मेडिकल कलेजद्धारा कोरोना सुरक्षा सामाग्री प्रदान
No ads found for this position

बैशाख १८, चितवन । चितवन मेडिकल कलेज अफ साइन्सेस (पुरानो मेडिकल कलेज), भरतपुरले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान गरेको छ ।

आज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले प्रहरी प्रमुख नान्तीराज गुरुङ्गलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मी पनि उत्तिकै जोखिममा रहेकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाग्री प्रदान गरिएको वरिष्ठ प्रबन्धक न्यौपानेले बताए । उनका अनुसार प्रहरीलाई ४हजार ४सय थान ग्लोब्स, दुईसय थान सर्जिकल मास्क, प्रदान गरिएको हो ।

आगामी दिनमा पनि मेडिकल कलेजले आबश्यकता अनुसार स्वास्थ्य सामाग्री उपलब्ध गराइने उनले बताए । यस्तै लक्ष्मी विकास बैंकले पनि ३० पिस सेनिटाइजर र ३सय थान कपडाको मास्क प्रदान गरेको थियो ।

प्रकाशित : २०७७ वैशाख १८ गते २०:३६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI