No ads found for this position

रोल्पामा बम विस्फोट अपडेट : बाख्रा चराउन गएका थिए मृतक चारै जना

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १८ गते २०:५६
No ads found for this position
रोल्पामा बम विस्फोट अपडेट : बाख्रा चराउन गएका थिए मृतक चारै जना
No ads found for this position

काठमाडौं- रोल्पामा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ स्थित गैरीगाउँ भन्ने स्थानमा रहेको गहुँबारीमा बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरिक्षक डिसपी चित्रबहादुर गुरुङले लोकपथलाई जानकारी दिए । बम विस्फोटमा परि मृत्यु हुनेमा १३ वर्षदेखि १६ वर्षका बालबालिका रहेका छन् ।

५ वर्षिय विजय खत्री, ११ वर्षिय विमला खत्री, १३ वर्षिय गौरब नेपाल र १४ वर्षिय लोकीराम डाँगीको घटनास्थलमा नै मृत्यु भएको डिसपी गुरुङले बताए । बेबारिसे अवस्थामा फेला परेको बम उनीहरुले खेलाउने क्रममा विस्फोट भएको प्रहरीको आशंका छ । विष्फोट भएको उक्त बम ‘टु ईन्च मोटर’ रहेको प्रहरीको आशंका छ ।

मृतक ४ जना बालबालिका गहुँबारीमा बाख्रा चराउन जाँदा उक्त वस्तु फेला परेर खेलाउँदा विष्फोट भएको थियो ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ वैशाख १८ गते २०:५६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI