रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १९ गते १२:०५
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ८४ वर्षको उमेरमा गए राति उनको निधन भएको हो । उनका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।उनको राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् । २०६३ सालमा उनका बारेमा ‘५६ वर्षपछि…….’ नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो । नेपाली राजनीतकी आदर्श ब्यक्तित्व तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशताबिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

प्रकाशित : २०७७ वैशाख १९ गते १२:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI