बुवाको स्मृतिमा गैंडाकोटका ३३ घरपरिवारलाई राहत वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १९ गते १४:३२
बुवाको स्मृतिमा गैंडाकोटका ३३ घरपरिवारलाई राहत वितरण

अजय पौडेल, बैशाख १९

नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य कमल प्रसाद पराजुलीले आफ्ना स्वर्गीय बुवा दण्डपाणी पराजुलीको स्मृतिमा आज गैंडाकोटमा ३ मा राहत वितरण गर्नुभएको छ।
गैंडाकोट ३ तात्रीबासमा ३३ घरपरिवारलाई राहत वितरण गरिएको हो। स्थानीय निम्न आय भएका परिवारको समस्या सुनेर वडा संगको समन्वयमा राहत वितरण गरिएको पराजुलीले जानकारी दिनुभयो।
पराजुलीले दु:खको अवस्था खेप्नुभएका, दैनिक एकछाक टार्न गार्हो भएका परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री ( चामल , दाल , तेल ) उपलब्ध गराउनु भएको हो। पराजुलीले यस अगाडी पनि आफ्नो जन्मदिनको अवसरमा गैंडाकोटका विभिन्न वडा तथा देवघाटमा पनि राहत वितरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र आले, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति द्रोण वन सन्यासी,प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापति खेम प्रसाद सापकोटा,काङ्ग्रेस नगर सभापति तारापती खरेल,नेबिसंघ पुर्ब केन्द्रिय सदस्य गणेश सापकोटा, गोकुल सापकोटा,तरुण दलका जिल्ला नेताहरु तेजु घिमिरे,राम तिवारी, किसान गुरुङ,महिला संघकी नेतृ संगिता घिमिरे,काङ्ग्रेस नेता गोपाल दर्लामी,नेबिसंघ जिल्ला कार्यसमिति सचिव सुशील काफ्ले लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित : २०७७ वैशाख १९ गते १४:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI