No ads found for this position

अफगानिस्तानको पूर्वी प्रान्तमा झपड, १८ जनाले ज्यान गुमाए

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १९ गते १४:४५
No ads found for this position
अफगानिस्तानको पूर्वी प्रान्तमा झपड, १८ जनाले ज्यान गुमाए
Afghan security forces take position during a battle with the Taliban in Kunduz province, Afghanistan September 1, 2019. REUTERS/Stringer NO RESALES. NO ARCHIVES
No ads found for this position

अफगानिस्तानको पूर्वी प्रान्त लोगारको बराकी बराक जिल्लामा तालिबान लडाकू र सुरक्षाबलबीच भएको झपडमा परी १८ जनाले ज्यान गुमाएका छन् ।

झडपमा ज्यान गुमाएकाहरु ३ सैनिक र १५ तालिबानी लडाकू रहेका प्रान्तीय सरकारले शुक्रबार जारी रहेको एक विज्ञप्तिमा उल्लेख छ । 

तालिबान लडाकू समूहले सुरक्षा चौकीमा आक्रमण गर्ने क्रममा उक्त झडप भएको बताइएको छ। झडपमा क्रममा १५ लडाकूको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका समाचारमा जनाइएको छ । यस झडपमा ३ सैनिकले ज्यान गुमाए भने, अन्य दुई जना घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ। आफ्ना १५ लडाकू मारिएपछि लोगार प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन्। स्रोत- गोरखापत्र अनलाईन

प्रकाशित : २०७७ वैशाख १९ गते १४:४५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI