No ads found for this position

कविता : श्रमिक सूर्य

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १९ गते १६:५८
No ads found for this position
कविता : श्रमिक सूर्य
No ads found for this position

हर साँझ
जोडेर जवान भालेमा अर्लाम
निदायो सूर्य
सदियौंदेखी
ऊ ब्युँझिरह्यो भालेको ध्वनीसँगै

बोकेर कलिला हातमा
धारिला किरणहरु
उदाइरह्यो-अस्ताइरह्यो
खनिरह्यो आकाशको छाती
रोपिरह्यो बिऊ
फलाइरह्यो ताराजुन

अहँ- जश पाएन कहिल्यै

ओ सूर्य मलाई तिमी
मेरा बा जस्तै लाग्छ
मलाई तिमी
मेरी आमा जस्तै लाग्छ

आजै उनीहरुले जस्तै
तिमीले विश्राम पाएका छौ
आजै
नियुक्त भएको छ झरी म जस्तै
नयाँ श्रमिकको रुपमा

आइज आकाश
भरेर प्यालाभरी सुर्यको पसिना
भरेर प्यालाभरी झरीको रगत
भरपेट पिउँ

एलिसा ‘एकलास’ , काठमाडौ

प्रकाशित : २०७७ वैशाख १९ गते १६:५८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI