No ads found for this position

कारखानामा मृत्यु भएका मजदुरको परिवारलाई होङ्सीले २५ लाख दिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते ८:१०
No ads found for this position
कारखानामा मृत्यु भएका मजदुरको परिवारलाई होङ्सीले २५ लाख दिने
No ads found for this position

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको होङसी सिमेन्टले कारखानामा काम गर्ने क्रममा मृत्यु भएको मजदुरको परिवारलाई २५ लाख क्षतिपूर्ति दिने भएको छ ।

मजदुरको बिमा रकम १० लाखमा १५ लाख थपेर २५ लाख दिने सहमति भएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिए ।

विनयी त्रिवेणी गाउँपालिका-४ निवासी २५ वर्षीय मदनदास श्रेष्ठको कारखानामा रहेको त्रिपाल झिक्ने क्रममा दोस्रो तल्लाबाट खसेर मृत्यु भएको थियो । मृतक श्रेष्ठको शव भरतपुर अस्पतालमा छ । छतबाट खसेर गम्भीर घाइते भएको श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो । उनको शव शनिबार पोष्टमाटर्म गरी आफन्तलाई जिम्मा लगाइने भएको छ।  स्रोत- अनलाईनखबर

प्रकाशित : २०७७ वैशाख २० गते ८:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI