विश्वमा कोरोनाबाट ज्यान गुमाउने दुई लाख ३९ हजार बढी, ३३ लाख ९८ हजार ४५८ संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते ८:१७
विश्वमा कोरोनाबाट ज्यान गुमाउने दुई लाख ३९ हजार बढी, ३३ लाख ९८ हजार ४५८ संक्रमित

 विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या दुई लाख ३९ हजार नाघेको छ । (शनिबार) बिहानसम्ममा विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख ३९ हजार ४४३ पुगेको हो । हालसम्म विश्वमा कोरोना संक्रमित ३३ लाख ९८ हजार ४५८ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर ९४ हजार ५३७ नयाँ संक्रमित थपिएको वर्ल्डओमिटरले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म १६ लाख १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै एक हजार ८९२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको छ ।

अमेरिकामा मृतकको संख्या ६५ हजार ७४८ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ३१ हजार १५ पुगेको छ । अमेरिकामा हालसम्म १६ लाख १५ हजारभन्दा धेरै कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यता शुक्रबार लण्डनमा ७३९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

अहिलेसम्म लण्डनमा मृतकको संख्या साढे २७ हजार नाघेको छ । यस्तै शुक्रबार ब्राजिलमा ५०९ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा २८१, इटालीमा २६९, फ्रान्समा २१८, जर्मनीमा ११३, बेल्जियममा १०९, टर्कीमा ८४, रुसमा ९६, इरानमा ६३, पेरुमा ७३, नेदरल्याण्डमा ९८, इक्वेडरमा १६३, मेक्सिकोमा १२७, स्वीडेनमा ६७, पाकिस्तानमा ५६ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने स्पेनमा २४ हजार ८२४, फ्रान्समा २४ हजार ५९८, फ्रान्समा २४ हजार ५९८ जनाको मृत्यु भएको छ ।

छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या १२ सय २३ पुगेको छ भने संक्रमितको संख्या ३७ हजार नाघेको छ ।

भारतमा शुक्रबार मात्रै दुई हजार ३९४ नयाँ संक्रमित थपिएका छन् । हालसम्म भारतमा एक हजारभन्दा धेरै कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रकाशित : २०७७ वैशाख २० गते ८:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI