No ads found for this position

चिनिया कम्युनिस्ट पार्टीको आलोचना गर्ने पत्रकारलाई १५ बर्ष जेल

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते ८:२२
No ads found for this position
चिनिया कम्युनिस्ट पार्टीको आलोचना गर्ने पत्रकारलाई १५ बर्ष जेल
No ads found for this position

चीनमा एक पत्रकारलाई यहाँको सत्तारुढ कम्युनिस्ट पार्टीमाथि ‘आक्रमण गरेको’ आरोपमा १५ वर्षका लागि जेल सजाय सुनाइएको छ ।

चिनियाँ सरकारका आलोचकको रुपमा चिनिने पत्रकार चेन जिएरेनमाथि यस्तो सजाय सुनाइएको हो । जसलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्ध राष्ट्रपति सि जिनफिङको कार्यकालकै कठोर निर्णयको रुपमा व्याख्या गरिएको छ ।

जब कि, राष्ट्रपति सि ले सरकार र कम्युनिस्ट पार्टीलाई सहयोग गर्न भन्दै मिडियालाई आग्रह गर्दैआएका थिए । पत्रकार चेनले विगतमा कम्युनिस्ट पार्टीको मुखपत्र ‘पिपल्स डेली’का लागि पनि काम गरिसकेका थिए ।

पछिल्लो समय उनीमाथि झगडा निम्त्याएको र समस्यालाई प्रचारवाजी गरेको आरोप लागेको थियो ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रकाशित : २०७७ वैशाख २० गते ८:२२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI