No ads found for this position

नेकपा सचिवालय बैठक सर्‍यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते १५:१०
No ads found for this position
नेकपा सचिवालय बैठक सर्‍यो
No ads found for this position

नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक शनिबार अपरान्ह ५ः३० बजे बस्ने भएको छ।

प्रधानमन्त्री समेत रहेका केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः ३० बजे बस्ने जानकारी दिएका हु्न्।

यसअघि बैठक चार बजे बस्ने भनिएको थियो । समय परिवर्तनबारे भने थापाले केही खुलाएका छैनन् । बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आजै उपाध्यक्ष वामदेव गौतम ओली भेट्न बालुवाटार पुगेका थिए ।

यसअघि बुधबारको बैठकमा ओलीले गौतमलाई कोरोनापछि प्रधानमन्त्री पद हस्तानतरण गर्ने प्रस्ताव गरेका थिए। साथै सोही दिन वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो वरियताको अध्यक्षका लागि समेत ओलीले प्रस्ताव गरेपनि नेपालले अस्वीकार गरिसकेका छन् । गौतमले भने ओलीको प्रस्तावप्रति सकारात्मक छन् ।

प्रकाशित : २०७७ वैशाख २० गते १५:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI