No ads found for this position

५४ देशका ३०३ यात्रु लिएर फर्कियो कतार एयरवेजको विमान

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते १५:२१
No ads found for this position
५४ देशका ३०३ यात्रु लिएर फर्कियो कतार एयरवेजको विमान
No ads found for this position

लकडाउनका कारण नेपालमा अलपत्र परेका विदेशीहरुलाई सम्बन्धित देशहरुले विमान चार्टर्ड गरेर स्वदेश फर्काएका छन् । ५४ देशका ३ सय ३ नागरिक शनिबार १ बजे काठमाडौंबाट कतार एयरवेजको वाइडबडी विमानमा पेरिस फर्केका हुन् ।

नेपालस्थित फ्रान्सेली दूतावासको पहलमा कतार एयरवेजको विमान चार्टर्ड गरी जर्मनी, फ्रान्ससहित विभिन्न ५४ देशका मानिस स्वदेश फर्किएका छन् । जसमध्ये ३ सय ३ यात्रुसहित ४ शिशु पनि छन् ।  फ्रान्सेली दूतावासले चार्टर गरेको यो उडान दोहाबाट सोझै पेरिस जाने छ । लकडाउनयता कतार एयरवेजले नेपालका लागि ११ वटा चार्टर उडान गरीसकेको छ ।

प्रकाशित : २०७७ वैशाख २० गते १५:२१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI