के तपाई पानी पिउँदा गल्ती गरिरहनु भएको त छैन ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते १५:२६
के तपाई पानी पिउँदा गल्ती गरिरहनु भएको त  छैन ?

पानी अत्यावश्यक चिज हो । के तपाई पानी पिउँदा गल्ती गरिरहनु त भएको छैन ? पानी पिउनु सबैको लागि सामान्य कुरा भएपनि पानी पिउने एक तरिका हुन्छ ।

यदि तपाईंले पनि पानी पिउँदा गल्ती गरिरहनु भएको छ भने त्यसको लागि तपाईं सावधान हुनु आवश्यक देखिन्छ । सबैले तपाईंलाई सकेसम्म बढी पानी पिउन सल्लाह दिन्छन् । तर, धेरै मानिसहरु पानी कसरी पिउने भन्नेमा अनविज्ञ देखिन्छन् ।

पानी पिउँदा शरीरमा हाइड्रेटेडको मात्रा धेरै रहन्छ । सही तरिकाले धेरै रोगहरुबाट बच्न सकिन्छ । तर, यदि तपाईंले पानी गलत तरिकाले पिउनु भयो भने यसबाट तपाईंले धेरै नोक्सानी पनि ब्यहोर्नु पर्ने हुन्छ । हामीले दिनको ८ लिटरसम्म पानी पिउनुपर्छ । यसका लागि यसरी अपनाउनुस् पानी पिउने तरिका।

पानी पिउने तरिका
१. बिहानै खाली पेटमा पानी पिउनुहोस् । जसले गर्दा तपाईको शरीरलाई मात्र सुख्खा हुन दिँदैन । तपाईंको शरीरलाई सफा राख्न पनि मद्दत गर्छ । बिहान खाली पेटमा पानी पिउँदा, तपाईंले ग्यास्ट्रिक र कब्जियतको समस्याबाट पनि राहत पाउन सक्नुहुन्छ । बिहान खाली पेटमा पानी पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

२. खाना खाएलगतै वा खाना खानु केही समयअघि पानी पिउनुहुँदैन। यसले शरीरको पाचनरसलाई असर गर्छ र कब्जियत ,अपच जस्ता समस्याहरु देखापर्नसक्छ । खाना खाएको दुईघण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ ।

३. एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन यसोगर्दा शरीरमा पाचनप्रक्रियामा खराबी आउनसक्छ ।

४. बिहान शौचालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । धेरै चिसो पानी शरीरमा पचाउन गाह्रो हुने र तातो पानी चाँडै पच्ने गर्छ । त्यसैले विरामीलाई तातो पानी खुवाउनु पर्छ ।

५. पानी प्यास लाग्यो भनेर हतारिँदै पानी पिउनु हुँदैन । पानी पिउँदा उभिएर पानी पिउनुहुँदैन यसले घुँडामा समस्या हुनसक्छ । त्यसैैले पानी पिउँदाखेरि जहिलेपनि बसेर मात्रै पानी पिउनुपर्छ ।

६. खाली पेटमा प्यास लागेमा केही चीज खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ ।

७. राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।

८. पानी पिएलगतै दौडिने वा खेल्ने गर्नुहुँदैन ।

९. पानी पिउँदा निकै तनावमा पिउनु राम्रो मानिँदैन,शान्त भएर पानी पिउनु नै राम्रो हुन्छ ।

१०. पानी पिउँदा कहिलेपनि सुतेर पिउनु हुँदैन । र, अँध्यारो समयमा पनि पानी पिउनुहुँदैन । पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ ।

प्रकाशित : २०७७ वैशाख २० गते १५:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI