तीन तहका सबै सरकारी कार्यालयमा नयाँ कर्मचारी पदपूर्ति बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते १५:५०
तीन तहका सबै सरकारी कार्यालयमा नयाँ कर्मचारी पदपूर्ति बन्द

सरकारले केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनवटै तहका कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी पदपूर्ति गर्ने सम्पूर्ण प्रक्रिया बन्द गरेको छ । अत्यावश्यकबाहेक कुनै पनि सरकारी कार्यालयले ‘ओ एन्ड एम सर्भे’ समेत गर्न नपाउने व्यवस्था गरिएको छ ।

लोकसेवा आयोगले कोरोना भाइरस संक्रमणका कारण सबै पदपूर्ति प्रक्रिया स्थगित गर्दै आएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगलाई पदपूर्तिसम्बन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको थियो । यसपछि आयोगले पदपूर्तिका सबै प्रक्रिया रोकेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले स्थानीय तह र संघीय सरकारबाट लोकसेवामा पदपूर्तिका लागि कर्मचारीको माग गरेर पठाइएको भए पनि अब ती सबै कार्य बन्द भएको बताए । लोकसेवा आयोगले यसअघि विज्ञापन गरिएका पदमा पनि पदपूर्ति नहुने देखिएको छ । प्रवक्ता अधिकारीका अनुसार लकडाउनका बेला भएका कर्मचारीलाई त परिचालन गर्न नसकिरहेको अवस्थामा नयाँ भर्ना रोकिनु सामान्य भएको बताए ।

प्रकाशित : २०७७ वैशाख २० गते १५:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI