कोरोना पछिल्लो अपडेट : विश्वमा आज ९ सय भन्दा बढीको मृत्यु, झनै बढे संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते २०:१८
कोरोना पछिल्लो अपडेट : विश्वमा आज ९ सय भन्दा बढीको मृत्यु, झनै बढे संक्रमित

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ४० हजार ३८० जनाको मृत्यु भएको छ भने ३४ लाख २४ हजार २१० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १० लाख ९३ हजार ७०४ जना उपचार पछि निको भएका छन् भने विश्वमा ५१ हजार १८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीबाट अति प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ६५ हजार ७८३ जनाको मृत्यु भएको छ भने ११ लाख ३२ हजार ३८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ आज मात्रै ३० जनाको मृत्यु भएको छ भने आज नै अमेरिकामा १ हजार ८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार १०० जनाको मृत्यु भईसकेको छ भने २ लाख ४५ हजार ५६७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै २७६ जनाको मृत्यु भएको छ भने २ हजार ५७९ जना नयाँ संक्रमित आजै थपिएका छन् ।

त्यस्तै इटालीमा २८ हजार २३६ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ४२८ जनालाई संक्रमण भएको छ । त्यस्तै बेलायतमा २७ हजार ५१० जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार ४५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा २४ हजार ५९४ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार ३४६ जनालाई संक्रमण भएको छ । त्यस्तै जर्मनीमा ६ हजार ७३६ जनाको मृत्यु भएको छ भने १ लाख ६४हजार ७७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीले अत्याधिक प्रकोप फैलाएको छ । रुसमा यो समाचार तयार पार्दासम्म १ हजार २२२ जनाको मृत्यु भईसकेको छ भने १ लाख २४ हजार ५४ जनालाई संक्रमण भएको छ ।

आज मात्रै रुसमा ५३ जनाको मृत्यु भएको छ भने आज नै त्यहाँ ९ हजार ६२३ जना नयाँ संक्रमित थपिएका छन् । २ रुसमा २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार २५८ जनाको मृत्यु भएको छ भने १ लाख २२ हजार ३९२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६हजार १५६जनाको मृत्यु भएको छ भने ९६हजार ४४८ जनालाई संक्रमण भएको छ ।

ईरानमा आज मात्रै ८०२ जना नयाँ संक्रमित थपिएका छन् भने ६५ जनाको आजै मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ४३४ जनाको मृत्यु भएको छ भने ९२ हजार ६३० जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै २४ जनाको मृत्यु भएको छ भने आज नै त्यहाँ ५२१ जनालाई संक्रमण भएको छ । त्यस्तै चीनमा आज थप १ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै चीनमा ८२ हजार ८७५ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । त्यस्तै क्यानडामा ३ हजार ३९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ६१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेल्जियममा ४९ हजार ५१७ जनालाई संक्रमण भएको छ भने ७ हजार ७६५ जनाको मृत्यु भएको छ । त्यहाँ आज मात्रै ६२ जनाको मृत्यु भएको छ भने ४८५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पेरुमा १ हजार १२४ जनाको मृत्यु भएको छ भने ४० हजार ४५९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण ४ हजार ९८७ जनाको मृत्यु भएको छ भने ४० हजार २३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ आज मात्रै ९४ जनाको मृत्यु भएको छ भने ४४५ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २२३ जनाको मृत्यु भएको छ भने ३७ हजार ३३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ७९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्विट्जरल्याण्डमा १ हजार ७५४ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ८१७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ११२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै पोर्चुगलमा २५ हजार ३५१ जनालाई संक्रमण भएको छ भने १ हजार २३ जनाको मृत्यु भएको छ ।

त्यहाँ आज मात्रै १६जनाको मृत्यु भएको हो । त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण २ हजार ६६९ जनाको मृत्यु भएको छ भने २२ हजार ८२ जनालाई संक्रमण भएको छ भने त्यहाँ आज मात्रै १६ जनाको मृत्यु भएको छ भने ५६२ जना नयाँ संक्रमित आजै थपिएका छन् ।

त्यस्तै आयरल्याण्डमा १ हजार २६५ जनाको मृत्यु भएको छ भने २० हजार ८३३ जनालाई संक्रमण भएको छ । त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ९७२ जनाको मृत्यु भएको छ भने २० हजार ७३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११३ जनाको आज मात्रै मृत्यु भएको छ भने १ हजार ५१५ जना नयाँ संक्रमित आजै थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा ९३२ जनाको मृत्यु भएको छ भने २५ हजार ७४३ जना नयाँ संक्रमित आजै थपिएका छन् ।

लोक पथ डट्कम बाट

प्रकाशित : २०७७ वैशाख २० गते २०:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI