ईबोला बिरुद्धको औषधीले निको होला कोरोना भाईरस संक्रमण?

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २१ गते ८:०३
ईबोला बिरुद्धको औषधीले निको होला कोरोना भाईरस संक्रमण?

अमेरिकाले अब कोरोनाभाइरस संक्रमणका कारण गम्भीर बिरामी परेकालाई इबोला उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिर प्रयोग गर्ने भएको छ । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले प्रयोगको स्वीकृति दिएको हो ।

तर, उक्त एन्टी भाइरल औषधि कोरानाभाइरस संक्रमित भएर सामान्य अवस्थामा रहेकालाई प्रयोग गर्न पाइने छैन । एफडीएले गम्भीर बिरामीको उपचारका लागि आपतकालीन अनुमति मात्र दिएको जनाएको छ । औपचारिक अनुमतिका लागि थप अध्ययनको जरुरी भएको जनाइएको छ ।

उक्त औषधि अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा गिलियडका प्रमुख कार्यकारी डानियल ओडेले एफडीएको स्वीकृतिपछि उक्त औषधिको १५ लाख मात्रा सहयोग दिने पनि बताए ।

राष्ट्रपति ट्रम्प शुरूदेखि नै कोरोनाभाइरस सङ्क्रमण उपचारमा रेम्डेसिभिर औषधि प्रयोगको समर्थनमा छन् । तर, कही विज्ञहरुले उक्त एन्टीभाइरलले कोरोनासंक्रमण निको नहुने बताइरहेका छन् ।

उता यूएस नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सश डिजिजेजले एक हजार ६३ जनामाथि गरेको अध्ययनले उक्त औषधि प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको उल्लेख छ। बीबीसीसँग इन्स्टिच्युट प्रमुख डा. एन्थोनी फाउचीले भनेका छन्, “तथ्याङ्कले रेम्डेसिभिरले निको हुने समय घटाउने स्पष्ट, महत्वपूर्ण र सकारात्मक असर पारेको देखाएको छ ।” तर,

तर रेम्डेसिभिरले निको हुन सहयोग गर्ने र मानिसहरूलाई सघन उपचार कक्ष (आईसीयू) मा उपचार आवश्यक नपर्ने बनाउन सक्ने देखिए पनि मृत्युबाट बचाउने स्पष्ट आधार भने नदेखिएको विज्ञहरु बताउँछन् । स्रोत- हिमालखबर

प्रकाशित : २०७७ वैशाख २१ गते ८:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI