No ads found for this position

कोरोनाबाट विश्वमा २ लाख ४४ हजारको मृत्यु, भारतमा करिब ४० हजार संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २१ गते ८:१२
No ads found for this position
कोरोनाबाट विश्वमा २ लाख ४४ हजारको मृत्यु, भारतमा करिब ४० हजार संक्रमित
No ads found for this position

कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ४४ हजार ७ सय ७३ पुगेको छ। कूल संक्रमितको ३४ लाख ८३ हजार ९ सय ३५ पुगेको छ भने निको हुनेको संख्या ११ लाख ८ हजार ८ सय ८६ छ ।

भारतमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या ३९ हजार ६ सय ९९ हुँदा मृत्यु हुनेको संख्या एकहजार ३२३ भएको वल्डओमिटरले लेखेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या मात्रै ६७,४४४ पुगेको छ, विभिन्न राज्यमा गरी संक्रमितको संख्या साढे ११ लाख नाघेको छ ।

त्यस्तै कोरोनाबाट बढी मृत्यु हुने अन्य देशमा इटाली, बेलायत, स्पेन र फ्रान्स रहेका छन् । इटालीमा २८,७१०, बेलायत २८,१३१, स्पेन २५,१०० र फ्रान्समा २४७६० जनाको मृत्यु भएको वल्डओमिटरले जनाएको छ । बेल्जियम, ब्राजिल र इरानमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ ।

प्रकाशित : २०७७ वैशाख २१ गते ८:१२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI