आँखालाई यसरी दिनुहोस आराम

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २१ गते ८:२९
आँखालाई यसरी दिनुहोस आराम

लकडाउनको समयमा तपाई आफ्नो समय कटाउन अधिकांश समय स्मार्टफोन वा ल्यापटपमा बिताउनु हुन्छ । यहीँ कारणले तपाईको आँखाले आराम पाउँदैन । आँखाहरु थकान महसुस गर्छ ।

आज हामी तपाईलाई थाकेको आँखालाई आराम दिने विधि बताउँछौं ।

१. चम्चीको प्रयोग
सबैभन्दा सजिलो उपाय भनेको तपाईको घरमा भएको चम्चीलाई फ्रिज भइन्जलसम्म फ्रिजमा राखिदिनुहोस्। त्यसपछि त्यसलाई निकालेर आखाँ सेकाउनुहोस्। चिसो चम्ची आँखामा राख्ने बित्तिकै त्यसले ब्लड भेसल्सहरुलाई आराम दिन्छ र आँखा सुनिएको छ भने पनि त्यो निको हुन्छ।

२. चिसोले सेक्नुहोस्
आँखालाई आराम दिनु छ भने चिसो पदार्थले सेक्नुभन्दा अर्को राम्रो विकल्प केही हुँदैन । यसका लागि एउटा रुमालमा बरफ बाँधेर त्यसले आँखा सेक्नुहोस्।

३. काँक्रा
काक्रा पनि आँखालाई आराम दिने सबैभन्दा राम्रो उपाय हो। काँक्रालाई पातलो काट्नुहोस् र यसलाई आँखामाथि राख्नुहोस्। यसले थाकेको आँखालाई आराम दिनुका साथै आँखाको कालो घेरा पनि कम गर्न मद्दत गर्छ।

४. टी ब्याव
टी ब्यागलाई केही समय तातो पानीमा डुबाउनु होस् र त्यसलाई चिसो भइञ्जल छोडिदिनुहोस् । त्यसपछि त्यो टी ब्यागलाई केही समय फ्रिजमा राखिदिनुहोस् । त्योलाई केही समय आँखामा राख्नुहोस् । त्यसभित्र भएको क्याफिनले सुनिएको आँखालाई पनि घटाउने काम गर्छ ।

५. कम नुन खानुहोस
खानामा धेरै नुन सेवन नगर्नुहोस् । यसले वाटर रिटेन्सन र शरीर सुनिने समस्या उत्पन्न हुन्छ ।

प्रकाशित : २०७७ वैशाख २१ गते ८:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI