No ads found for this position

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप टेनमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २२ गते १४:१७
No ads found for this position
नेपाली युवा दिवेश अमेरिकन आइडलको टप टेनमा
No ads found for this position

नेपाली मुलका युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उत्कृष्ट १० (टप टेन) मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनी ‘आर्थर गन’ का नामले चिनिएका दिवेश टप टेनमा उक्लिन सफल भएका हुन् । अमेरिकन आइडलको लाइभ सोमा उत्कृष्ट १० मा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । दिवेशले फेसबुकमार्फत आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिँदै आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफ्नै घरमा आइतबार साँझ गितार बजाउँदै प्रस्तुति दिएका थिए । कोरोना भाइरस (कोभिड(१९) महामारीका कारण आइडलका प्रतिस्पर्धीले घर–घरबाटै प्रस्तुति दिएका हुन् । दिवेशको प्रस्तुतिपछि निर्णायक लियानेल रिचीले निकै प्रशंसा गरेका छन् । दिवेशले जोन डेन्भरको गीत गाएको शैली वास्तवमै अकल्पनीय भएको उनले बताएका छन् । कामाठाडैंमा जन्मिएका गायक पोखरेल सन् २०१३ मा अमेरिका पुगेका हुन् । यसअघि उनले न्यानो घर, मन, समुन्द्रपारी, कर्णाली, प्रलय ए, र प्रलय बीजस्ता गीत सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित : २०७७ वैशाख २२ गते १४:१७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI