२४ घण्टामा एक हजार ३८२ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २२ गते १८:१६
२४ घण्टामा एक हजार ३८२ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कहिं पनि कोरोना भाइरस संक्रमित भेटिएका छन् । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा एक हजार ३८२ जनाको नमूना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउसो ४ बजेसम्म नयाँ संक्रमित भेटिएको छैन ।

नेपालमा हालसम्म कोरोनाको आशंकामा ६४ हजार ४८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार ६४० जनाको पिसिआर र ५० हजार ८४५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमतीमा ८ हजार ६ सय १०, गण्डकीमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णालीमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटिबाट परीक्षण भएको छ ।

नेपालमा हालसम्म कुल संक्रमित ७५ जनामध्ये १६ जना उपचारपछि डिस्जार्च भएका छन् । प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा १७ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका हुन् ।अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित भेटिएको छैनन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा १ र बाहिर १ सय ५ गरी कुल १ सय ६ जना अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । मुलुकभर अहिले २१ हजार ५ सय २३ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ वैशाख २२ गते १८:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI