संघीय संसद्को महासचिवमा डा.भरतराज गौतम नियुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २२ गते १८:२६
संघीय संसद्को महासचिवमा डा.भरतराज गौतम नियुक्त

काठमाडौं। राष्‍ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गरेकी छन्। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले गौतमलाई नियुक्त गरेको राष्‍ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।साविक लामाचौर-५, कास्कीका गौतमलाई ३ चैतदेखि रिक्त संघीय संसद्को महासचिव पदमा नियुक्तिका लागि सिफारिस गरिएको थियो। पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईको अवधि सकिएपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले कार्यवाहकको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित : २०७७ वैशाख २२ गते १८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI