No ads found for this position

महेश बस्नेत र पूर्व आईजिपी खनालसहित ३ जनाविरुद्ध अपहरणमा उजुरी दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २२ गते १८:४०
No ads found for this position
महेश बस्नेत र पूर्व आईजिपी खनालसहित ३ जनाविरुद्ध अपहरणमा उजुरी दर्ता
No ads found for this position

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद सुरेन्द्र यादवको अपहरणका बिषयमा सरकारी वकिल कार्यालयमा दिइएको किटानी जाहेरी दर्ता भएको छ। शुरुमै उजुरी दर्ता नगरेको सरकारी वकिल कार्यालयले सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न रहेका महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल बिरुद्ध उजुरी लिएको हो। सांसद यादव आफैले दिएको उजुरी कार्यालयले दर्ता गरेको हो। उनको उजुरीको दर्ता नम्बर १०४७ मा रहेको छ । उजुरी दर्ता भएपछि सोमबारबाट छानबिन सुरु गर्नेपनि सरकारी वकिलको कार्यालयले जनाएको यादवले हाम्राकुरालाई बताएका छन् । यसअघि महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ता गर्न नमानेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालयमा आएका थिए। त्यहाँ उजुरी दर्ता गर्न ढीलाई गरेपछि जसपाका नेताहरुले अपहरणसम्बन्धि उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता गराएका थिए।
वैशाख १८ मा यादव आयोग पुगी आफूलाई अपहरण गरी मानवअधिकार उल्लंघन भएको भन्दै छानविन गरी कारबाहीको निर्देशन गर्न निवेदन दर्ता गरेका थिए ।

प्रकाशित : २०७७ वैशाख २२ गते १८:४०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI