विद्यार्थी भर्ना नगर्न र अनलाइन कक्षाको नाममा शुल्क नलिन शिक्षा मन्त्रालयको परिपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २२ गते २०:१७
विद्यार्थी भर्ना नगर्न र अनलाइन कक्षाको नाममा शुल्क नलिन शिक्षा मन्त्रालयको परिपत्र

काठमाण्डौ – शिक्षा मन्त्रालयले अनलाइन कक्षाको रुपमा शुल्क नअसुल्न निर्देशन दिएको  छ । केहि विद्यालयले अनलाइन कक्षाको नाममा बैंक खातामा पैसा जम्मा गर्न भनेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सबै विद्यालयलाई निर्देशन दिएको हो । यस्तै नयाँ भर्ना नलिन पनि मन्त्रालयले परिपत्र गरेको छ । शिक्षा मन्त्रालयले सबै कुराको सुक्ष्म मूल्यांकन गरेकोले मन्त्रालयको निर्णयपछि मात्रै भर्ना लिन अनुरोध गरेको छ ।  यस्तै माध्यामिक तहसम्मका विद्यालयले एक महिनाको शुल्क नलिन सरकारले पटक पटक दिएको निर्देशन पालना गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : २०७७ वैशाख २२ गते २०:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI