No ads found for this position

सनसिटीका ५७ बर्षीय पुरूषमा फेरि देखियो कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २४ गते ७:१२
No ads found for this position
सनसिटीका ५७ बर्षीय पुरूषमा फेरि देखियो कोरोना संक्रमण
No ads found for this position

कोरोना भाइरसमुक्त भई घर फर्केका काडमाडौंका एक जनामा पुनः संक्रमण पोजेटिभ देखिएको छ ।

काठमाडौंको सनसिटी अपार्टमेन्टका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । फलोअप चेकअपका क्रममा जाँच गर्दा पुनः कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए । पुनः कोरोना संक्रमण देखिएका उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

यता, नारायणी अस्पतालबाट डिस्चार्ज भएका दुई जना पुरुषमा पनि पुनः कोरोना पोजेटिभ देखिएको छ। रौतहटका २१ वर्षीय पुरुष र अर्का एक भारतीय नागरिकमा संक्रमण देखिएको हो। नयाँपेज डटकममा खबर छ।

प्रकाशित : २०७७ वैशाख २४ गते ७:१२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI