No ads found for this position

विदेशमा अलपत्र नागरिकको उद्धार गर : देउवा

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २४ गते १९:३०
No ads found for this position
विदेशमा अलपत्र नागरिकको उद्धार गर : देउवा
No ads found for this position

काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराएका छन्।

उनले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरूपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्नका लागि तत्काल कार्य गर्न/गराउन आग्रह गरेकाे कांग्रेसले जनाएको छ।

साथै देशभर पीसीआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न सभापति देउवाले माग गरेका छन्। उनले कुवेत सरकारको सेल्टरमा राखिएका करीब तीन हजार एवं मध्यपूर्व र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्ने बारे सरकारलाई व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्न आग्रह गरेकाे कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैगरी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सीमानाकामा क्वारेन्टाइनमा बसेको महीना दिन पुगिसक्दा पनि अझै कैयौँले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन्।

उनले प्रधानमन्त्रीलाई अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य रहेको स्मरण गराउँदै केन्द्र सरकारले उद्धार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न/गराउन आग्रह गरेका छन्। रासस

प्रकाशित : २०७७ वैशाख २४ गते १९:३०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI