No ads found for this position

लक डाउनमा पनि पुर्व पश्चिम राजमार्गमा जाम

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २४ गते २१:२७
No ads found for this position
लक डाउनमा पनि पुर्व पश्चिम राजमार्गमा जाम
No ads found for this position

नारायण शर्मा

लकडाउनमा पनि पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको जाम लागेको छ । पूर्वी नवलपरासी अन्तर्गत पूर्व पश्चिम राजमार्गमा मनपरी सवारी गुडाउँदा जाम भएको हो । पुल्चोकदेखि पश्चिम गैंडाकोट तर्फ डेढ किलोमिटर लामो जाम रहेको छ । त्यस खण्डमा ३ सय भन्दा बढी गाडी जाममा परेका छन् ।र दिउँसो साढे ४ बजेबाट गैंडाकोट–नारायणगढ खण्डमा जाम भएको हो । नारायणी पुलमा ६ दर्जन भन्दा बढी गाडी जाममा परेका छन् । नवलपरासीबाट पूर्व नारायणगढतर्फ गाडीको लस्कर लागेपछि चितवन प्रहरीले नारायणगढमा सुरक्षा जाँच सुरुगरेपछि राजमार्गको पश्चिम गैंडाकोटमा सवारी साधन जाम लागेको हो ।पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गमा कहिकतै चेकजाँच नभएका कारण राजमार्गमा दिनहुँ बाक्लै गाडी दौडिने गरेको छ । नारायणगढको पुल्चोकमा पश्चिम तर्फबाट गाडीको संख्या सयौंदेखि त्यहाँको सुरक्षा जाँच गर्दा जाम भएको हो ।चितवन प्रहरीले पास नलिइकन नवलपरासीबाट चितवन भित्रिने गाडीलाई नवलपरासीमै फर्कादिएको छ । चितवन प्रहरीले सवारी पास नभएका गाडीलाई चेकजाँचमा कडाई गरेका कारण नवलपरासीमा जाम भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।

प्रकाशित : २०७७ वैशाख २४ गते २१:२७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI