प्रेस युनियनका सल्लाहकार लम्साल द्वारा नवलपुर शाखालाई सहयोग हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २५ गते १५:५२
प्रेस युनियनका सल्लाहकार लम्साल द्वारा नवलपुर शाखालाई सहयोग हस्तान्तरण

कावासोती ।  नेपाल प्रेस युनियनका केन्द्रीय सल्लाहकार शिव लम्सालले बिहिबार नेपाल प्रेस युनियन नवलपुरलाइ प्रेस ज्याकेट, मास्क , स्यानीटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना महामारीका बेलामा फिल्डमा खटिएर काम गर्न पर्ने पत्रकारहरुका लागि काममा सहज होस् भन्ने उदेश्यले सो सामाग्री आफुले युनियनको जिल्ला शाखा मार्फत पत्रकारहरुलाई उपलब्ध गराएको लम्सालले बताए । लम्सालले भने,“पत्रकार हुनुको दायित्व पनि पुरा गर्नु छ , आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुछ । साथीहरुको सहजतका लागि यि सामाग्री ल्याईदिएको हुँ ।” लम्सालले उच्च जोखिममा रहेका जिल्लाका पत्रकारहरुलाइ सो सामाग्री उपलब्ध गराउने बताए । सो अवरसरमा नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले महामारीका बेलामा अत्यावश्यक बस्तु उपलब्ध गराईदिएकोमा केन्द्रीय सल्लाहकार लम्साललाई धन्यवाद दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा , युनियनका सचिवद्धय केवी राना , खिला कार्की, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्मा , प्रेस युनियन नवलपुरका निवर्तमान अध्यक्ष श्रीराम सिग्देल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस युनियन नवलपुरका सचिव आशिष रेग्मीले गरेका थिए ।

प्रकाशित : २०७७ वैशाख २५ गते १५:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI