No ads found for this position

अमेरिकामा कोरोनाबारे अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको गोली हानी हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २५ गते १७:१३
No ads found for this position
अमेरिकामा कोरोनाबारे अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको गोली हानी हत्या
No ads found for this position

२५ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार आफ्नै घरमा मृत भेटिएका थिए । स्थानीय प्रहरीका अनुसार एक बिङ लीको टाउको, छाती, हात खुट्टा र गर्दनमा गोली लागेको छ । प्रहरीका अनुसार ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गुले उनको गोली हानी हत्या गरेका हुन् । तर, हत्या गरेपछि उनले पनि आत्महत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बिङ ली र हाउ गु मिल्ने साथी थिए । उनले बिङको हत्या गरेर फर्किँदा हाउ गुले कारमा आत्महत्या गरेका हुन् । बिङसँग काम गरिरहेका मानिसहरुका अनुसार बिङ कोभिड–१९ को विषयमा निकै महत्वपूर्ण खोजको नजिक पुगेका थिए । यस्तो अवस्थामा उनको हत्या भएको हो । बिङ लीले सिंगापुरमा स्नातक र पीएचडीसम्मको अध्ययन गरेर अनुसन्धानको लागि अमेरिका गएका थिए ।यससँगै सामाजिक सञ्जालमा यस विषयमा विभिन्न अफवाह फैलिएका छन् । बिङ लीको जनाजान अमेरिकामा हत्या गरिएको समाचार फैलिएका छन् । चिनियाँ सामाजिक सञ्जाल वीबोका एक प्रयोगकर्ताले बिङ ली अमेरिकाको प्रयोगशालामा कोरोना भाइरस निस्किएको भन्ने पत्ता लगाउने नजिक पुगेको कारण उनको हत्या गरिएको बताएका छन् । यसअघि चिनियाँ अधिकारी र सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले कोरोना भाइरस वुहानमा ल्याएर छाडेको आरोप लगाएका थिए । साथै धेरैले अमेरिकामा चिनियाँ नागरिकको सुरक्षाको विषयमा प्रश्न उठाएका छन् भने केहीले यो विषय निकै रहस्यमयी भएको बताएका छन् । जाँचकर्ताहरुले भने अहिलेसम्म बिङ लीको हत्याको सम्बन्ध कोभिड–१९ को अध्ययनसँग जोडिएको कुनै प्रमाण फेला नपरेको बताएका छन् । -बिबिसी

प्रकाशित : २०७७ वैशाख २५ गते १७:१३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI