सलादका फाईदै फाईदा

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २५ गते १८:३४
सलादका फाईदै फाईदा

वैशाख २५ । प्याज, गोलभेंडा, काँक्रो, गाजर, स्याउ, अनार, केरा, अम्बा जस्ता केही फलफूललाई काटेर त्यसमा कागती र नुन मिसाएर बनाइन्छ सलाद । सलाद हाम्रो स्वास्थका लागि फइदाजनक छ यदि सलाद बनाउँदा केही आवश्यक कुराहरुमा ध्यान दिएन भने सलादको सेवनले शरीरमा हानि पुर्‍याउन पनि सक्छ । सलाद पनि विभिन्न प्रकारका हुन्छन् । फलफुललाई मिलाएर फ्रुट सलाद, तरकारीहरुलाई मिसाएर भेजिटेबल सलाद । सलादमा धेरै किसिमका तरकारीहरु मिसाइन्छ, जसका कारण यसमा फाइबरको मात्रा धेरै हुन्छ । सलाद खानाले तपाईंको भोक शान्त हुन्छ ।
सलाद बनाउँदा गर्न नहुने कामहरु
यदि तपाईं सलादको स्वाद बढाउनका लागि त्यसको माथिबाट नुन छर्कनु हुन्छ भने अबदेखि त्यस्तो नगर्नु होला । फूड एक्सपर्टहरुका अनुसार सलादको रुपमा प्रयोग हुने तरकारीमा पहिलबाट नै सोडियम हुन्छ, त्यसैले त्यसमा नुन मिसाउनु हुँदैन । यदि तपाईंले सलाद माथिबाट नुन छर्कनु भयो भने सलादबाट प्राप्त हुने पोषक तत्व नष्ट हुन्छ । सलादमा नुन हालियो भने त्यसबाट धेरै पानी निस्कन्छ । त्यसैले पौष्टिकता यथावत राख्नका लागि सलादमा नुन नहालिकन खानु पर्छ ।
सलादका फाइदा
आंखाँका लागि
नियमित रुपले सलाद खानाले तपाईंको आँखाको ज्योती तेजिलो हुन्छ । सलादमा प्रयोग हुने तरकारीहरु विशेष गरेर पालुङ्गो भिटामिन एले भरिपूर्ण हुन्छ, जुन आँखाका लागि फाइदाजनक हुन्छ । यदि तपाईं आफ्नो आँखा सधैं तेजिलो भइरहोस् भन्ने चाहनुहुन्छ भने नियमित रुपले सलाद खानु पर्छ र त्यसमा पालुङ्गोको साग र अन्य तरकारीहरु पनि समावेश गर्नु पर्छ ।
राम्रो निद्राका लागि
यस बारेमा अहिलेसम्म भैसकेका विभिन्न सर्वेक्षणहरुमा के कुरा प्रमाणित भैसकेको छ भने यदि तपाईं नियमित रुपले सलाद खानु हुन्छ भने तपाईंको अनिद्राको समस्या कम हुन सक्छ र तपाईंलाई राम्रो निद्रा लाग्न सक्छ ।सलादमा प्रयोग हुने तरकारी लेटसमा लेक्दुकोरियम नामक तत्व हुन्छ, जसलाई निद्रा बढाउने तत्वको रुपमा चिनिन्छ । यदि तपाईं आफ्नो दैनिक आहारमा सलादलाई समावेश गर्नु हुन्छ भने अनिद्राको समस्या टाढा हुन्छ ।
पाचन प्रक्रियाका लागि
सलाद खाएपछि तपाईंलाई निश्चित रुपमा पेट भरिएको महसुस हुन्छ, तर सलाद खानाले पेट फुल्ने समस्या हुँदैन । यसका साथै सालद खानाले भारीपन अथवा अल्छी लागेको जस्तो महसुस हुँदैन । यसबाहेक सलादमा फाइबर पर्याप्त मात्रामा हुन्छ । त्यसैले यसले पाचनक्रियालाई राम्रो बनाउँछ र कब्जियतको समस्या पनि कम हुन्छ ।
इम्यूनिटी बढाउनका लागि
यदि तपाईंको इम्यूनिटी अर्थात रोगसंग लड्ने क्षमता बलियो भयो भने कुनै पनि रोग लाग्न पाउँदैन । त्यसैले आफ्नो इम्यूनिटीलाई बलियो बनाउनका लागि सलाद सेवन गर्नु राम्रो उपाय हो । सलादमा समावेश एन्टि(अक्सिडेन्टले तपाईको इम्यूनिटी पावरलाई बलियो बनाउँछ ।
वजन घटाउनका लागि
सलादमा क्यालोरी धेरै कम हुन्छ भने पोषक तत्वहरुको मात्रा धेरै हुन्छ । यदि तपाई आफ्नो वजन कम गर्ने सोच्दै हुनु हुन्छ भने तपाईंले नियमित रुपमा सलाद खान सुरु गर्नु पर्छ ।

प्रकाशित : २०७७ वैशाख २५ गते १८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI