कपिलवस्तुका दुई संक्रमित १० दिन अघि मुम्बइबाट लुकेर नेपाल पसेका थिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २५ गते २३:२४
कपिलवस्तुका दुई संक्रमित १० दिन अघि मुम्बइबाट लुकेर नेपाल पसेका थिए

बैशाख २५ । आज कोरोना संक्रमण पुष्टि भएको दुई जना १० दिन अघि मुम्बइबाट भागेर आएको पाइएको छ ।  बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि भुम्वईवाट आएका थिए । कपिलवस्तुको नाकाबाट लुकेर भित्र पसेका थिए । स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए । संक्रमीतलाई भोलि बिहानै बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले चलाएको कोरोना विशेष अस्पतालमा लगिने छ । अहिले उनीहरुको यात्रा विवरण र सम्बन्धबारे खोजीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रकाशित : २०७७ वैशाख २५ गते २३:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI