No ads found for this position

रेडक्रस दिवसको नारा ‘ताली बजाउनूस्’

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २६ गते ८:२२
No ads found for this position
रेडक्रस दिवसको नारा ‘ताली बजाउनूस्’
No ads found for this position
काठमाडौं। आज विश्‍व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस। कोभिड-१९ को महामारीमा मानवीय कार्यमा व्यस्त फ्रन्टलाइनका कार्यकर्तालाई हौसल प्रदान गर्न ‘ताली बजाउनूस्’ नारासहित मनाइँदैछ। रेडक्रसका अनुसार आफ्ना विश्‍वभरका एक करोड ३७ लाख स्वयंसेवकको मनोबल बढाउन पनि उक्त नारा छनोट गरिएको हो।“कोभिड-१९ को परिस्थितिमा अग्रपंतिमा रही त्रासदीपूर्ण बेलामा पनि विश्‍वभरमा सहयोग दिने समुदायका अगुवा, रक्तसञ्‍चार सेवामा कार्यरत प्राविधिक र स्वयंसेवक, रक्तदातालगायत सम्पूर्ण रेडक्रसकर्मीलाई ताली बजाएर आभार व्यक्त गरौं,” रेडक्रसको विज्ञप्तिमा उल्लेख छ। दिवसका अवसरमा ‘ताली बजाउनुहोस्’ शीर्षकमा आयोजित तस्वीर प्रतियोगिताका लागि हालसम्म दुई सयभन्दा बढी तस्वीर प्राप्त भएको रेडक्रसका सञ्‍चार निर्देशक दिव्यराज पौडेलले बताए।
प्रकाशित : २०७७ वैशाख २६ गते ८:२२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI