आज बाट संसदको बजेट अधिवेशन सुरु हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २६ गते ८:४१
आज बाट संसदको बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं, २६ वैशाख  । संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन आज (शुक्रबार) बाट शुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको बैठक संयुक्त रुपमा बस्नेछ । कोरोना भाइरसको संक्रमण हुन नदिन सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ । सचिवालयले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सबै तयारी पूरा गरेको जनाएको छ । यसका लागि हिजो दिनभर सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो भने छुटेकाहरुको आज पनि स्वाब संकलन गरिने छ । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउने छन् । जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरु सबैलाई कोरोना संक्रमण भए–नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश दिइने व्यवस्था मिलाइएको सचिवालयले जानकारी दिएको छ । पत्रकारलाई कलम र डायरी लैजान प्रतिबन्ध लगाइएको संसद सचिवालयले सूचना निकाली जनाएको छ । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था रहेको छ भन त्यस अगाडि पूर्व बजेट छलफल गर्नपर्ने भएकाले कोरोनाको जोखिमकै बीचमा पनि बैठक सञ्चालन गर्न लागिएको हो । मिनी संसद मानिे संसदीय समितहरुले त आफ्ना बैठकहरु शुरु गरिसकेका छन् ।

प्रकाशित : २०७७ वैशाख २६ गते ८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI