करोडौंको उपकरण किन्ने सरकारी निर्णय गोप्य

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २६ गते ८:४८
करोडौंको उपकरण किन्ने सरकारी निर्णय गोप्य

काठमाडौं, वैशाख २६ । सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानल हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामाग्रीबारे सञ्चार माध्ययमलाई नबताएका आजको नागरिक दैनिकमा खवर छ ।

प्रकाशित : २०७७ वैशाख २६ गते ८:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI