No ads found for this position

भारतमा घर फर्किरहेका मजदुरहरुलाई रेलले किच्यो, १६ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २६ गते १०:०४
No ads found for this position
भारतमा घर फर्किरहेका मजदुरहरुलाई रेलले किच्यो, १६ जनाको मृत्यु
No ads found for this position

एजेन्सी । महाराष्ट्रको औरंगावादमा रेलले कुल्चेर १६ जना प्रवासी मजदूरको मृत्यु भएको छ । जबै मजदूर मध्य प्रदेश गइरहेका थिए । यो घटना औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा भएको हो । रेलवे ट्रयाकमा सुतिरहेका मजदूरमाथि रेल चढेको थियो । रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना भएको थियो । रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरे पनि जोगाउन सकेनन् । घटनाको जाँचका लागि आदेश दिइएको छ । करमाड प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए । शुक्रबार बिहान सवा ५ बजे उनीहरुलाई रेलले कुल्चेको थियो । रिपोर्टका अनुसार उनीहरु एक स्टिल फ्याक्ट्रीमा काम गर्थे । प्रधानन्त्रीले घटनाप्रति दुःख जताएका छन् । यसबारे उनले रेलमन्त्री पीयूष गोयलसँग कुराकानी गरेका छन् ।

प्रकाशित : २०७७ वैशाख २६ गते १०:०४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI