जब आफ्नै गुप्तांग काटेर फ्याँकिदिए !!

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २६ गते १४:१३
जब आफ्नै गुप्तांग काटेर फ्याँकिदिए !!

एजेन्सी । विश्वमा अनेकौं मानिसहरु छन् जो सुन्दर वा फरक देखिने चाहनामा प्लाष्टिक सर्जरीको सहारा समेत लिन्छन् । तर, कैयौं पटक उनीहरु यस्ता कामहरु समेत गर्छन् कि उनहिरुको कदम जिन्दगीको लागि अभिशाप बन्छ । मानिसहरुमा कहिलेकाहीँ सनक यो हदसम्म चढ्छ कि उनीहरु सही र गलतको फैसला गर्न सक्दैनन् । यस्तै अनौठो घटना भारतको मध्य प्रदेशमा भएको छ । यहाँ एक युवकलाई यस्तो सनक चढ्यो कि उनले आफ्नो गुप्तांग काटेर फ्याँकिदिए । जब उनीसँग सोधियो कि उनले यस्तो किन गरे, उनले आफू तेस्रो लिंगी (किन्नर) बन्न चाहेको जवाफ दिए ।  परिवारले युवकलाई पिछोरको सामुदायिक अस्पतालमा भर्ना गरेका थिए । तर, गम्भीर हालत भएका कारण उनलाई ग्वालियर रेफर गरियो । युवकको नाम उमेश जाटव भएको बताइएको छ । परिवारका अनुसार उनले बुधबार बेलुका आफ्नो गुप्तांग काटेर फ्याँकिदिएका थिए । परिवारले उनलाई यो हालतमा देखेपछि पिछोरको जिल्ला अस्पतालमा भर्ना गरेका थिए । अस्पतालले उनको प्राथमिक उपचारपछि शिवपुरी रेफर गरिदियो । अस्पतालका डाक्टरहरुले यसबारे सोध्दा उनले यो सब आफ्नो खुसीले गरेको बताएका थिए । शिवपुरी अस्पतालमा पनि उनको अवस्थामा सुधार नआएपछि उनलाई ग्वालियर रेफर गरिएको छ । जहाँ उनको गम्भीर हालतमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७७ वैशाख २६ गते १४:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI